समाज

चोकचोकमा 'अफलाइन राइडर'को बिगबिगी

'पठाओ' सुरक्षित छ तर, 'लोकेशन'ले अल्मल्याउँछ

दीपक उपाध्याय |
चैत ३, २०७९ शुक्रबार १०:५५ बजे

काठमाडौ - राइड सेयरिङ 'पठाओ' निजी यातायातको साधन नहुनेहरूलाई गन्तव्यमा पुग्न सजिलो माध्यम बनेको छ । दुईपांग्रे होस अथवा चारपांग्रे 'पठाओ' एप चलाउनेले सजिलै आफूलाई जान चाहेको गन्तव्यमा पुग्न अनलाइन बुक गर्न सक्छन् । 

तर, अधिकांशलाई पठाओले दिएको 'लोकेशन' हेरेर गन्तव्यमा पुग्न भने समस्या हुने गरेको छ । मंगलबार र बुधबारगरी दुई दिन दुईपांग्रे १३ र चारपांग्रे ७ सवारीसाधनमा अधिकांश सवारीचालकलाई पठाओले दिएको 'लोकेसन'मा पुग्न समस्या भएको पाइएको हो ।


'बुक' गरिसकेपछि आउने अधिकांश 'फोन कल'मा सर कता हुनुहुन्छ ? भनेर सोध्ने गरेको पाइएको थियो । लोकेशन देखाको होला त ? भन्ने प्रश्नमा मैले हेरिनँ सर, भन्नू न कता आउनु पर्ने हो ? भनेर प्रश्न गर्ने गरेको पाइयो ।

अर्को कुरा, सवारीसाधनमा बसिसकेपछि पनि कता पुग्ने हो सर ? भनेर पुन: प्रश्न गर्ने गरेकोमा लोकेशन देखाको होला त ? भन्दा लोकेशन हेर्नसमेत नजान्ने गरेको पाइयो । 

चोक चोकमा कुरेर बसेका पठाओ चालकहरूले बाटो हिड्ने बटुवालाई पठाओ चाहिएको हो भनेर सोध्ने गरेको समेत पाइयो । त्यसरी सोध्ने अधिकांश चालकहरूले भने 'अफ लाइन' जाउन ल मिलाएर पैसा दिनुहोला समेत भन्ने गरेको पाइयो । होइन, बुकिङ मै जाउन भन्दा कतिपय जाने भए पनि अधिकांश चालकहरू भने जान मान्दैनन् ।

पठाओ सुरक्षित भए पनि पठाओ चालकहरूलाई गुगल म्यापसम्बन्धी ज्ञान नभएका कारण काठमाडौँ बाहिरबाट आउनेहरूलाई गन्तव्यमा पुग्न समस्या हुने गरेको केही यात्रुहरूले समेत बताएका छन् ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x