समाज

६ वर्षदेखि साङ्लोमा बाँधेर रााखिएका रामको यसरी गरियाे उद्धार (फाेटाेहरू)

इकागज |
चैत ४, २०७९ शनिबार १७:५३ बजे

उदयपुर- उपचार खर्चको अभावका कारण विगत ६ वर्षदेखि साङ्लोमा बाँधेर राखिएका उदयपुरका एक युवकको त्रियुगा नगरपालिकाले उद्धार गरेको छ ।

त्रियुगा नगरपालिका वडा नं. ६, लालपत्ताका मानसिक बिरामी २१ वर्षीय रामबहादुर परियारलाई त्रियुगा नगरपालिकाले उद्धार गरेर उपचारका लागि हेटौंडा पठाएको हो । त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राई र समाजसेवी भागवत राउतको नेतृत्वमा बिरामीको उद्धार गरी उपचारार्थ हेटौंडास्थित मानव सेवा आश्रम पठाएको छ ।


रामको मानसिक सन्तुलन गुमेपछि दिदी हस्तमाया बिकको घरमा साङ्ग्लोले बाँधेर बस्न बाध्य थिए । त्रियुगा नगरपालिकाले बिरामीलाई मानव सेवा आश्रम हेटौंडा पुर्‍याउन सवारी साधनको व्यवस्था गर्नुका साथै मानव सेवा आश्रममा सहजीकरण गरेर उपचारमा सहयोग गर्ने व्यवस्था मिलाइएको नगरपालिकाका उपप्रमुख महेश्वरी राईले जानकारी दिइन् ।

त्रियुगा नगरपालिका भित्र कोही पनि मानसिक बिरामी उपचार अभावमा बस्नु नपरोस् भनेर नगरपालिकाले बिरामीहरूको तथ्यांक संकलन गरेर नियमित उद्धार गर्ने कार्ययोजना बनाएको त्रियुगा नगरपालिकाले जनाएको छ ।


Author

थप समाचार
x