समाज

बाघको आक्रमणबाट बर्दियामा दुई जनाको मृत्यु

इकागज |
चैत ६, २०७९ सोमवार १७:६ बजे

बर्दिया- बर्दियामा बाघले आक्रमण गरेर दुई जनाको ज्यान लिएको छ । मधुवन नगरपालिका-५ मा बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको हो । 

मधुवन नगरपालिका-५ का स्थानीय ५५ वर्षीया समुद्री बुढा क्षेत्री र ५० वर्षीया धनसरी गुरुङको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।


सोमबार दिउँसो चिरौटे सामुदायिक वनमा दाउरा खोज्न जाने क्रममा बाघको आक्रमणमा परी उनीहरूको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण बिडारीले जानकारी दिए ।

अहिले स्थानीय, प्रहरी, वनका कर्मचारी र हात्तीसहितको टोली घटनास्थल पुगेको छ ।


Author

थप समाचार
x