समाज

दबाबसामु कुनै सम्झौता नगर्ने प्रतिवद्धता

आईजीपी कुँवरले लगाए दर्ज्यानी चिह्न : भन्छन्- प्रहरीको आन्तरिक सुदृढीकरण मेरो भीष्म प्रतिज्ञा

इकागज |
चैत १२, २०७९ आइतबार १२:९ बजे

फाइल तस्बिर

काठमाडौँ - नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरिएको छ । आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित कार्यक्रममा उनलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरिएको हो । उनलाई गृहसचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । नवनिर्वाचित प्रहरी महानिरीक्षक कुँवरलाई सरकारले गत शुक्रबार प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।  

नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले प्रहरीको आन्तरिक सदृढीकरण आफ्नो भीष्म प्रतिज्ञा भएको बताएका छन् । दर्ज्यानी चिह्न लगाएपछि कुँवरले प्रहरीले गर्ने राम्रा कामहरू र विगतमा भएका त्रुटिहरू लुकाएर प्रशासन बलियो नबन्ने बताएका हुन् । प्रहरीमा सुधार आवश्यक रहेको उनको भनाइ छ । 


प्रहरी प्रशासनको सुधार गर्ने दिन गनेर बस्ने छुट आफूलाई नरहेको उनले बताए । उनले अपराधको रोकथाम र अनुसन्धानमा कुनै पनि बहाना र विकल्पविना काम गर्ने प्रतिवद्धता उनले जनाए । प्रहरी महानिरीक्षक कुँवरले शान्ति सुरक्षाको उपलब्धता नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धानसँगको निरन्तर समन्वय, सहकार्यमार्फत् देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ नागरिकमा कानूनी राज्यको प्रत्याभूति दिलाउने प्रतिवद्धता व्यक्त गरे । 

नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले अपराध, अपराध प्रवृत्ति र दबाबको सामु कुनै प्रकारको सम्झौता नगर्ने प्रतिवद्धता व्यक्त गरे । 
 


Author

थप समाचार
x