समाज

गरिबकाे सूचीमा व्यवसायी, जनप्रतिनिधि र सरकारी कर्मचारी !

इकागज |
चैत १४, २०७९ मंगलबार १६:११ बजे

दार्चुला । दार्चुलाका स्थानीय तहले सार्वजनिक गरेको गरिब घरपरिवार सूचीमा जनप्रतिनिधि र कर्मचारीले अनियमितता भएको पाइएको छ । 

यहाँका स्थानीय तहले गरिब घरपरिवारको सूची सार्वजनिक गरी परिचयपत्र बुझ्नका लागि सूचना जारी गरिसकेका छन् । तर सूचीमा वास्तविक गरिब नभएर जनप्रतिनिधि र कर्मचारीले गरिबका रुपमा सरकारी कर्मचारी र व्यवसायीको नाम समावेश गरिएको शैल्यशिखर–६ का विष्णुसिंह धामीले दाबी गरे । 


मालिकार्जुन गाउँपालिकाका अध्यक्ष हीरा सिंह धामीले सूचीमा अनियमितता भएकोे भनेर कसैले उजुरी दिए छानबिन गरिने बताए । 


“गरिब घरपरिवार सूची पहिलेको स्थानीय सरकारले सङ्कलन गरेर तयार पारेको सूची हामीले सार्वजनीक गरेका हाैँ, त्यसमा अनियमितता भएको उजुरी दिए छानबिन गर्छौ”, अध्यक्ष धामीले  भने । 
     
मालिकार्जुन गाउँपालिकाले सार्वजनिक गरेको एक हजार दुई सय १० जना गरिब घरपरिवारको सूचीमा बढीजसो सरकारी कर्मचारी, निवर्तमान जनप्रतिनिधि र व्यवसायीका नाम समावेश गरिएको छ । 

लेकम गाउँपालिकाले सार्वजनिक गरेको गरिब घरपरिवारको सूचीमा पनि सरकारी कर्मचारी र राजनीतिक पार्टी निकटका व्यापारी व्यवसायीको नाम समावेश गरिएको स्थानीइको आरोप छ । स्थानीय चन्द्र साउदले गरिब घरपरिवारको सूचीमा नाम समावेश भएका सरकारी कर्मचारी र जनप्रतिनिधिले गरिब परिचयपत्र बुझेको दाबी गरे । 

सार्वजनिक गरेको सूचीअनुसार अति गरिब, मध्यम गरिब र सामान्य गरिब गरी ३ श्रेणीमा छुट्याइएको छ ।


Author

थप समाचार
x