समाज

इकागजकर्मी कुँवरलाई उत्कृष्ट युवा पत्रकारिता पुरस्कार

इकागज |
चैत १७, २०७९ शुक्रबार १८:४२ बजे

काठमाडौँ - इकागजकर्मी जीवन कुँवरलाई 'उत्कृष्ट युवा पत्रकारिता पुरस्कार-२०७९' बाट पुरस्कृत गरिएको छ । रिपोर्टर्स क्लब नेपालले आफ्नो रजत महोत्सवको अवसरमा शुक्रबार १५ हजार रुपैयाँ राशीको उत्कृष्ट युवा पत्रकारिता पुरस्कार प्रदान गरेको हो । उक्त पुरस्कार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुँवरलाई प्रदान गरेका हुन् । 

एक दशक लामोदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय कुँवरले जनतालाई सुसूचित गराउन महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै रिपोर्टर्स क्लबले उक्त पुरस्कार दिएको सभापति ऋषि धमलाले बताए । कुँवर इकागजका डेस्क कोअर्डिनेटर हुन् ।


रिपोर्टर्स क्लब नेपाल विभिन्न विधामा दर्जन बढी पत्रकारलाई पुरस्कृत गरेको छ । एक लाख राशिको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार नेपाल प्रेस डटकमका प्रधान सम्पादक मात्रिका पौडेललाई प्रदान गरिएको छ । 

यस्तै, तेजेन्द्र–सुन्तली खड्का स्मृति आर्थिक पत्रकारिता पुरस्कार–२०७९ बाट आर्थिक अभियान राष्ट्रिय दैनिक एवम् न्यू विजनेश एज (मासिक) का प्रधान सम्पादक मदन लम्साललाई प्रदान गरिएको छ ।


Author

थप समाचार
x