समाज

निषेधाज्ञामा संयुक्‍त बिहे भोज : प्रहरी पुगेपछि भागाभाग, दुई दुलहा पक्राउ

इकागज |
बैशाख २९, २०७८ बुधबार १६:४२ बजे

प्रतिकात्‍मक तस्‍बिर

पर्वत : जलजला गाउँपालिका–२ मा निषेधाज्ञाका समयमा बिहे भोज चलाउने व्यक्ति पक्राउ परेका छन् । कोभिड-१९ हटस्पट  जलजला –२ माझफाँटमा बिहेको भोज गर्ने दुई दुलहा आज पक्राउ परेका हुन् । 

सोमबार बिहे गरेका दुई  जनाले आज एकै ठाउँमा भीड गरेर भोज चलाएको सूचना पाएपछि प्रहरीले २३ वर्षीय प्रदीप परियार र  २४ वर्षीय राजकुमार परियारलाई पक्राउ गरेको छ । उक्त गाउँमा  कोरोनाका सक्रिय संक्रमित ७५ जना छन् ।


जिल्ला प्रशासन कार्यालयले बिहे तथा काजक्रियामा १० जना मात्रै सहभागी हुने आदेश जारी गरे पनि बिहेभोजमा ३०/४०  गाउँले भेला भएको प्रहरीले जनाएको छ । प्रहरी पुगेपछि सहभागी भागाभाग भएका थिए । प्रहरीले सबै भागेपछि दुई बेहुलालाई समातेर आवश्यक कारबाहीपछि छाड्ने जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप पौडेलले स्वास्थ्य मापदण्ड पालना नगरी बिहेभोज गरेको पाइएपछि दुवै बेहुलालाई नियन्त्रणमा लिइएको बताए । 
 


Author

थप समाचार
x