समाज

ईजरायलस्थित नेपाली दूतावासले भन्यो: रकेट लन्च हुँदा फेसबुक लाइभ नगर्नू र भिडियो नबनाउनू

इकागज |
बैशाख २९, २०८० शुक्रबार १०:३६ बजे

फाइल तस्बिर

काठमाडौँ- ईजरायलस्थित नेपाली दूतावासले रोजगारीका लागि ईजरायलमा बसोबास गरिरहेका नेपालीलाई सुरक्षित भएर बस्न अनुरोध गरेको छ । पछिल्लो समय ईजरायल र प्लालेष्टाइनबीच तनाव बढ्दा यसले मानवीय क्षति नहोस भनेर दूतावसाले आफ्ना नागरिकलाई सजगता अपनाउन आग्रह गरेको हो ।

मे ९ देखि दक्षिण ईजरायली क्षेत्रका साथसाथै तेलअबिब, रेखोवोत लगायतका केन्द्रभागमा समेत गाजा क्षेत्रबाट सैयौंको संख्यामा रकेट आक्रमण भइरहेको छ । युद्धविरामको प्रयास भइरहेको तर निचोडमा नपुगेकाले सुरक्षाका उपायहरूको खोजी गरि सुरक्षित रहन सबैलाई दूतावासले अपिल गरेको छ ।


- खासगरी साइरन बज्नासाथ घर भित्र हुनुहुन्छ भने बङ्कर, भर्याङ्ग वा त्यस्तै सुरक्षित क्षेत्रमा जान, अल्छी पटक्कै नगर्न, झ्याल नजिक तथा भित्तामा खस्नसक्ने सामानको नजिक नजानुहुन।

-यदि घरबाहिर (बजार, सडक, फार्म वा अन्यत्र कतै) हुनुहुन्छ भने पनि नजिकैको बङ्करमा पुगिहाल्नुहुन र त्यो पनि उपलब्ध नभएमा जहाँ हुनुहुन्छ त्यहाँ घोप्टो परेर दुई हातले टाउको छोपेर बस्नुहुन।

- केही साथीहरूले रकेट लन्च भैरहेको बेलामा छतबाट हेर्ने, फेसबुक लाइभ गर्ने र भिडियो बनाउने गर्ने गरेको देखिएकोले त्यसो नगर्नू।

- अप्ठ्यारो परिस्थिति छ, हामी त्रसित छौं। यसको नकारात्मक सन्देश जाने गरी सोसल मिडियाहरुमा सेयर गरेर नेपालमा रहेका परिवारलाई त्रसित नगराउन (तर सही सूचना छ भने चाहिँ ह्वाटसएप वा मेसेन्जरबाट साथीहरुसङ्ग सेयर गर्न।)

- कुनै समस्या परेमा दूतावास वा आफ्नो साथीभाइ वा ईजरायलमा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधिहरुलाई सम्पर्क गर्नुहुन।

आशा गरौँ यो समय छिटै बितेर जानेछ। संलग्न दुवै पक्षले परिस्थितिलाई सामान्यीकरण गर्ने दिशामा काम गर्न सकून्, शान्ति फर्केर आओस्, तपाईंका हरेक भोगाइहरुमा दुतावास सदैव साथमा रहेको छ, रहनेछ।

- कान्ता रिजाल

राजदूत

तथा नेपाली राजदूतावास परिवार,

तेल अविव, ईजरायल।

सम्पर्कका लागि:

१. श्री अर्जुन घिमिरे, प्रथम सचिव : 052-8289300

२. श्री संजय कुमार साह, सहचारी : 054-5582077


Author

थप समाचार
x