समाज

नेपाली युवतीलाई झुक्याउँदै, आसामको वेश्यालयमा बेच्दै

इकागज |
जेठ २, २०८० मंगलबार १४:५१ बजे

काठमाडौं–२४ कात्तिक २०७९ । नुवाकोटकी उषा (परिवर्तित नाम) आफन्तको जाने भनेर काठमाडौंका लागि गाडी चढिन् । उनी एक्लै काठमाडौंको यात्रामा निस्केकी थिइन् । 

सार्वजनिक बस चढेकी उनलाई अर्का सिटमा बसेका एक व्यक्तिले केही खानेकुरा र पानी दिए । उनले निसंकोच खाइन् ।


उषा ती खानेकुरा खाएपछि बेहोस भइन् । नुवाकोटबाट आफन्तको घर काठमाडौं आएकी उनलाई भारतको आसाम पुर्‍याइएको रहेछ ।

आसाम राज्यको कछर जिल्लाको सिल्चर भन्ने स्थानको रेड लाइट एरियाको कोठीमा पुर्‍याई बेचबिखन गरी उनलाई जबरजस्ती वेश्यावृत्तिमा लगाइएको हो । सो स्थानबाट उनलाई नेपाल प्रहरी, भारतीय प्रहरी र माईती नेपालको सहयोगमा उद्दार गरी नेपाल ल्याइएको थियो ।

उनी नेपाल फिरेपछि नेपाल प्रहरीको नामव बेचबिखन तथा ओसारपसार व्यूरोमा जाहेरी दिएकी थिइन् । व्यूरोले अनुसन्धान गर्दै जाँदा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा घुगंगा गाउँपालिका वडा नं. ३ बस्ने वर्ष ३० की अप्सरा भन्ने एलिना खत्रीलाई पक्राउसमेत गर्‍यो ।

काठमाण्डौं जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमति लिई अनुसन्धान कार्य भईरहेको व्यूरोका एसपी कृष्णप्रसाद पगेनीले जानकारी दिए ।

‘यस कसुरमा पक्राउ एलिनालगायत नेपाली र भारतीय गरी हालसम्म जम्मा ६ जनाको संलग्नता रहेको देखिएको छ,’ उनले भने, ‘प्रतिवादीहरु यसभन्दा अगाडिसमेत मानव बेचबिखन तथा ओसारपसार अपराधमा संलग्न रहेको पाईएको छ ।’ उनीहरुले भारतको आसाम राज्यको कर जिल्लाको सिल्चर भन्ने स्थानमा नेपालबाट युवतीहरुलाई झुक्याई लगी वेश्यालय सञ्चालन गर्ने गरेको पाइएको उनले बताए ।
 


Author

थप समाचार
x