समाज

कांग्रेस उपसभापति गच्छदारलाई पत्‍नीशोक

इकागज |
जेठ १, २०७८ शनिबार ९:२८ बजे

काठमाडौँः नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मला गच्छदारको निधन भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्ण दुलालकाअनुसार काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको आज बिहान निधन भएको हो । २० दिनअघि कलेजोमा समस्या देखिएपछि नर्भिकमा भर्ना भएकी उनलाई ३ दिनअघि  कोभिड–१९ संक्रमण पुष्टि भएको दुलालले बताए । 



Author

थप समाचार
x