सिन्धुज्वाला हाइड्रोपावरका पूर्व अध्यक्ष चुर्णप्रसाद पक्राउ

काठमाडौँ- सिन्धुज्वाला हाइड्रोपावरका पूर्व अध्यक्ष चुर्णप्रसाद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो काठमाडौँबाट उनलाई नियन्त्रणमा लिएको सिंहदरबार प्रहरी वृत्तले जानकारी दिएको छ ।
सिन्धुपाल्चोक चौतारा नगरपालिका ४ स्थायी घर भएका हाल काठमाडौँ महानगरपालिका १७ बस्ने श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।उनको मुद्दा प्रहरी वृत्त बानेश्वरमा परेको थियो ।
अर्जुनबन्धु रेग्मीले दिएको जाहेरीमा उनलाई आपराधिक उपद्रव सम्बन्धि कसुर मुद्दामा श्रेष्ठ पक्राउ परेका हुन् । प्रहरीले उनलाई नियन्त्रणमा लिनका लागि जिल्ला अदालत काठमाडौँबाट ४ गते अनुमति लिएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया