डडेल्धुरामा गोठालो गएकी बालिका मृत फेला

डडेल्धुरा- डडेल्धुरामा बाख्रा चराउन गएकी एक बालिका मृत फेला परेकी छन् ।
मंगलबार जिल्लाको नवदुर्गा गाउँपालिका–५ लम्पाटीका लक्ष्मण बिककी १० वर्षीया छोरी शानु बिक मृत फेला परेको प्रहरीले जनाएको छ ।
बाख्रा चराउन जंगल गएकी उनी राति अबेरसम्म घर नआएपछि प्रहरीलाई खबर गरिएकोमा अस्थायी प्रहरी पोष्ट ठाँटाबजारबाट खटिएको टोलीले सानुलाई बुधबार बिहान घरभन्दा एक किलोमिटर दूरीको जंगलमा मृत अवस्थामा फेला पारेको हो ।
यस विषयमा थप अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया