समाज

सुनसरी प्रशासनले सार्वजनिक स्थानमा धुम्रपान सेवनमा लगायो प्रतिबन्ध

इकागज |
जेठ १८, २०८० बिहीबार १४:५१ बजे

फाइल तस्बिर

काठमाडौँ- सुनसरी जिल्ला प्रशासन कार्यालयले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनमा प्रतिबन्ध लगाएको छ । बिहीबार प्रशासनले सूचना जारी गर्दै सार्वजनिक स्थलमा चुरोट, बिडी, तमाखु, सुल्फा, कक्कड, सुर्ती, खैनी, गुटखा र मुखमा राख्ने अन्य वस्तु वा नशा दिने पदार्थमा सेवनमा रोक लगाएको हाे ।

गृह मन्त्रालयको स्थानीय तथा प्रदेश समन्वय शाखाको च. न ९२४ को जेठ १६ गतेको पत्रअनुसार सुर्तीजन्य पदार्थ ऐन, २०६८ प्रभावकारी रूपमा कार्यान्वयन गराउने व्यवस्था भएबमोजिम सार्वजनिक स्थानमा धुम्रपान निषेध गरिएको हो ।


सार्वजनिक स्थानमा धुम्रपान र सुर्तीजन्य पदार्थको सेवन नगर्ने, अन्य व्यक्तिबाट हुने प्रयोगलाई निरुत्साहन गर्ने, सार्वजनिक स्थललाई धुम्रपान र सुर्तीजन्य पदार्थ मुक्त गराउने जारी सूचनामा उल्लेख छ ।

प्रचलित कानुन उल्लंघन गर्नेलाई सार्वजनिक स्थलबाट बाहिर निकालिने वा तोकिए बमोजिमको जरिवाना तिराएर कारबाही गरिने सूचनामा उल्लेख छ ।  


Author

थप समाचार
x