समाज

प्रधानमन्त्री प्रचण्ड पुग्नुअघि महाकालेश्वर मन्दिरकाे मूल प्रवेशद्वार नै भत्कियाे

इकागज |
जेठ १९, २०८० शुक्रबार ७:५८ बजे

उज्जैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मध्यप्रदेशको उज्जैनस्थित प्रसिद्ध महाकालेश्वर मन्दिरको दर्शन गर्न आउनुभन्दा एक दिनअघि ‘श्री महाकाल लोक’ करिडोरको मुख्य प्रवेशद्वार भत्किएकाे छ । 

हिजाे पिलरको माथिल्लो भागमा सिमेन्टले बनेको सजावटी भाग खसेको हाे । चार दिनअघि पनि हावाहुरीका कारण ‘श्री महाकाल लोक’ करिडोरका ६ वटा मूर्ति ध्वस्त भएका थिए । यसरी टुटेका मूर्तिहरू त्यहाँ स्थापित सात ऋषिहरू ६ वटा थिए, जुन लगभग ११ फिट उचाईका थिए ।


एबिपी लाइभका अनुसार हिजाे मुख्य प्रवेशद्वार भत्किदा त्यहाँ उपस्थित भक्तजनमा त्रास फैलिएको थियो तर सो घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

मुख्य प्रवेशद्धारको छत टुटेको घटनाबारे सोध्दा महानगरका प्रहरी उपरीक्षक ओमप्रकाश मिश्रले भने, ‘कुनै मानवीय क्षति भने भएको छैन । भगवानलाई धन्यवाद, आज (बिहिवार) बेलुका कुनै पनि अप्रिय घटना भएन।’ 

महाकाल लोक करिडोरको मुख्य प्रवेशद्वार नन्दीद्वारमा उक्त घटना भएको हो ।

नेपालका प्रधानमन्त्री प्रचण्ड आज बिहान ११ बजे उज्जैनस्थित प्रसिद्ध महाकालेश्वर मन्दिरको दर्शन गर्न आउँदैछन् । उज्जैनमा अवस्थित महाकालेश्वर मन्दिर देशका १२ ज्योतिर्लिङ्ग मध्ये एक हो। यहाँ देश तथा विदेशबाट ठूलो संख्यामा भक्तजन जाने गर्दछन् ।

मध्यप्रदेशका गभर्नर मंगुभाइ पटेलले नेपालका प्रधानमन्त्रीलाई महाकाल मन्दिरको महाकाल लोकको नन्दी द्वारमा स्वागत गर्ने एक अधिकारीले जानकारी दिए ।

महाकाल लोक करिडोरमा स्थापित ६ वटा मूर्ति टुटे पछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले यो करिडोर निर्माणमा ठूलो मात्रामा भ्रष्टाचार भएको आरोप लगाउँदै आएको छ । उनले गुणस्तरहीन सामाग्री प्रयोग गरी गुणस्तरहीन मूर्ति निर्माण गरेको आरोप लगाएका छन् । तर, भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको मध्य प्रदेश सरकारले कांग्रेसले लगाएको सो आरोपलाई ठाडै अस्वीकार गर्दै आएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले गत अक्टोबर ११ मा ९०० मिटर लामो ‘श्री महाकाल लोक’ करिडोरको पहिलो चरणको उद्घाटन गरेका थिए । कूल रु. ८५६ करोड भारतीय रुपैयाँ लागतमा निर्माण गरिन लागिएको सो आयोजनाको पहिलो चरणमा रु ३५१ करोडको लागतमा महाकाल लोकको निर्माण गरिएको थियो ।


Author

थप समाचार
x