कञ्चनपुरमा चोरी मुद्दाका फरार प्रतिवादी ३१ वर्षपछि पक्राउ
कञ्चनपुर- कञ्चनपुरमा घरको भित्ता फोडेर चोरी गरेर फरार रहेका एक जना ३१ वर्षपछि पक्राउ परेका छन् ।
जिल्लाको साविकको झलारी गाविस–५ का लालबहादुर ऐर बिहीबार पक्राउ परेका हुन् । उनलाई घरको भित्ता फोरेर चोरेको आरोपमा जिल्ला अदालत कञ्चनपुरले २०४९ मंसिर ८ गते तीन दिन कैद तोकेको थियो । ऐरलाई जिल्लाबाट खटिएको प्रहरी टोलीले बिहीबार आफ्नै घरमा लुकीछिपी रहेको अवस्थामा पक्राउ गरेको हो ।
उनलाई आज कञ्चनपुर जिल्ला अदालतमा पेस गराई तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रहरी निरीक्षक बहादुर चन्दले बताए । यसअघि हिजैमात्र कञ्चनपुरमा एक जना ३१ वर्षपछि पक्राउ परेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया