गोरखाको रानीपोखरीमा डुबेर एक बालकको मृत्यु
सांकेतिक तस्बिर
गोरखा- गोरखा सदरमुकामको पदेलीस्थित रानीपोखरीमा डुबेर शुक्रबार एक बालकको मृत्यु भएको छ ।
धार्चे गाउँपालिका–५ सिङ्लाका आठ वर्षीय मनिष गुरुङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
करिब पाँच बजे उनीसहित चार जना पोखरीमा पौडी खेल्न गएकोमा पोखरीमा डुबेर गुरुङ उत्रन नसकेपछि साथीहरूले हारगुहार गरेका थिए ।
स्थानीय र प्रहरीको सहयोगमा गुरुङलाई पोखरीबाट निकालेर गोरखा अस्पताल लगिए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया