समाज

औषधि हालेको लिच्ची कसरी थाहा पाउने ?

इकागज |
जेठ २७, २०८० शनिबार १२:२१ बजे

काठमाडौँ- अहिले बजारमा लिच्चीको मौसम छ । तर, तपाईंले खाइरहनु भएको लिच्ची केमिकल हालेर पकाइएको त छैन ? 

बजारमा अहिले लिच्ची छ्याप छ्याप्ति पाइन्छ, यो स्वास्थ्य हुनुका साथै स्वादिलो पनि उत्तिकै हुन्छ । 


तर, तपाईंलाई थाहा छ, अहिले बजारमा केमिकल हालेका लिच्ची पनि उत्तिकै आएका छन् । जसले तपाईंको स्वास्थ्यमा खराबसमेत गरिरहेको हुन्छ ।

त्यसैले लिच्ची खानु भन्दा पहिलो एक पटक त्यसको जाँच गर्नुहोस कि त्यो लिच्चीमा केमिकल हालिएको छ कि छैन । 

यदी निकै सफा लिची छ भने मान्नुहोस, त्यसमा केमिकल हालिएको छ ।

साथै, आकारमा ठुलो पनि छ भने मान्नुहोस, यस्तो खाले लिच्चीमा केमिकल मिसाइएको छ ।

साथै, लिच्ची खरिद गर्नु वा खानु भन्दा पहिलो एक पटक सुघ्नुहोस, यदी गन्हाएको छ भने मान्नुहोस, त्यो लिच्ची खराब छ । 


Author

थप समाचार
x