प्रहरी हिरासतबाट फरार थुनुवा साढे ४ महिनापछि पक्राउ
जनकपुरधाम- धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर फरार भएका एक थुनुवा साढे ४ महिनापछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका-२ रमदैयाका २५ वर्षीय रोशन यादव रहेको प्रहरीको भनाइ छ । उनलाई विशेष सूचनाका आधारमा आज बिहान साढे १० बजे भारत बिहारको सितामढी जिल्लाबाट दिदीको घर महोतरी औरही बजार आउँदै गरेको अवस्थामा पक्राउ गरेको धनुषाका प्रहरीले जनाएको छ ।
उनी शान्तिविरुद्धको अपराध मुद्दा शीर्षकमा पक्राउ परी थुनामा थिए । माघ १५ गते राति हिरासत फोडेर यादवसहित ६ थुनुवा फरार भएका थिए । जसमध्ये पाँच जनालाई यसअघि नै प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरिसकेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया