नुवाकोटमा करेन्ट लागेर एक जनाको मृत्यु
नुवाकोट- नुवाकोटमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । तादी गाउँपालिका-४ ढाँडेमा रहेको शिव मन्दिरमा बिजुलीको तार वायरिङ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु र अर्का एक जना घाइते भएको प्रहरीको भनाइ छ ।
स्थानीय २१ वर्षीय सुमन तामाङको करेन्ट लागेर मृत्यु भएको हो । अर्का स्थानीय १८ वर्षीय सरोज मिजार घाइते भएको इलाका प्रहरी कार्यालय खरानीटारले जनाएको छ । तामाङको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूली लगिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया