समाज

काठमाडौं एअरपोर्टमा गोली चल्दा लागूऔषध कारोबारी घाइते

इकागज |
जेठ २८, २०८० आइतबार १२:३९ बजे

सांकेतिक तस्बिर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गोली चलेको छ । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागूऔषध कारोबारी एक युवामाथि गोली प्रहार गरेको ब्यूरोका एसपी चक्र जोशीले इकागजलाई जानकारी दिए ।

युवालाई नियन्त्रणमा लिने क्रममा गोली चलाउनु परेको हो । एसपी जोशीकाअनुसार युवाको बाँया खुट्टामा गोली लागेको छ । ‘ती युवा कारोबारी नै हुन्,’ एसपी जोशीले इकागजलाई भने, ‘उनीबाट लागूऔषधसमेत बरामद भएको छ ।’
काराेबारीलाई पछ्याउने क्रममा एअरपाेर्टकाे गेट बाहिर गाेली चलेकाे उनले बताए ।



Author

थप समाचार
x