गलत तथ्यांक सार्वजनिक गरेको भन्दै किरात राईद्वारा विराेध
काठमाडौँ- राष्ट्रिय तथ्यांक कार्यालयले किरात देवास राई समुदायको गलत तथ्यांक सार्वजनिक गरेको भन्दै किरात देवास राई उत्थान समाज नेपालले आपत्ति जनाएको छ ।
आइतबार काठमाडौँको तथ्यांक कार्यालय पुगेर किरात देवास राई समुदायले १२ औं राष्ट्रिय जनगणना, २०७८ को जनगणनामा तथ्यांक संकलनका क्रममा टिपाएको भन्दा गलत तथ्यांक सार्वजनिक गरेको भन्दै आपत्ति जनाएको हो । जनगणनाका क्रममा जातिको महलमा राई, भाषाको महलमा देवास र धर्मको महलमा किरात भनी ३०/४० हजारको संस्थामा विवरण टिपाए पनि तथ्यांक कार्यालयले गलत तथ्यांक सार्वजनिक गरेको जनाएको छ ।
तथ्यांक कार्यालय पुगेर उनीहरूले गलत तथ्यांक मान्दैनौँ, गलत तथ्यांक तुरुन्तै सच्चाउ, राज्यलाई सहि तथ्याङ देउ, हाम्रो पहिचान मेट्न पाइँदैन लगायता प्लेकार्ड प्रदर्शन गरेका थिए ।
त्यस्तै आदिवासी जनजाति समुदायका विभिन्न जातिलाई पनि थरका आधारमा फरक फरक जातिमा राखेको भन्दै नेपाल आदिवासी जनजाति महासंघ लगायतका जातीय संगठनले पनि राष्ट्रिय तथ्यांक कार्यालय परिसरमा प्रदर्शन गरेका छन् । उनीहरूले जनगणनाका क्रममा दिइएका विवरणका आधारमा जाति र धर्म स्पष्ट खुल्ने गरी सत्य र यथार्थ विवरणसहितको तथ्यांक सार्वजनिक गर्न माग गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया