लकडाउनमा जोडिएको प्रेमले विनोदलाई यसरी पुर्यायो प्रहरीकोमा
काठमाडौँ- रिता हमालले (नाम परिवर्तन) लकडाउनमा फेसबुक आइडी खोलिन् । सामाजिक सञ्जालमा नयाँ भएकाले सुरु-सुरुमा सबैलाई साथी बनाइन् ।
एकदिन उनलाई अपरिचिति मानिसको फ्रेण्ड रिक्वेस्ट आयो । रिताले चिनेकै होला भनेर एसेप्ट पनि गरिन् । साथी बनेपछि उनीहरू बोल्दै गए । कुराकानी बाक्लै हुन थाल्यो ।
च्याटमा मात्र उनीहरूको कुराकानीमा सिमित भएन । फेसबुकबाटै नजिकको साथी बने । बिस्तारै कुराकानी प्रेममा बद्ल्यो । साथी मात्र बनेनन् प्रेमीप्रेमीका सम्म बन्न भ्याए ।
प्रेमीले रितालाई भिडियो कल गरेर गोप्य अंग दबाब दिइरहन्थे । उनको प्रेमीले उनलाई भन्थे,’ भिडियो कलमा गोप्य अंग नदेखाए । हाम्रोबिचको सम्बन्ध आमा, बुबा र परिवारका अन्य सदस्यलाई भनिदिन्छु ।‘
रितालाई धम्की आउन थालेपछि फेसबुक आइडी ब्लक गरिन् । केही समय प्रेमीसँग सम्पर्क बाहिर रहिन र सामाजिक सञ्जालबाट टाढा बसिन् ।
फेसबुकबाट टाढा रहेकी रिता फेरि सामाजिक सञ्जालमै आइन । आफ्नो नाम र फोटोमा नयाँ फेसबुक आइडी देखिन । यसअघि उनले प्रेमीसँग गरेको संवादहरू सम्पादन गरेर दिदी तथा आफन्तलाई पठाउने गरेको पाइन ।
अश्लील तस्विर र भिडियोमा जोडेर पठाउने गरेको रिताले थाहा पाइन् । उनी भन्छिन्,’ सामाजिक सञ्जालबाट मेरो बदनाम, बेइज्ज र चरित्रहत्या गरेको थियो ।‘
आफूलाई असह्य भएपछि उनी नेपाल प्रहरीको साइबर ब्युरोमा रिता बुबासहित पुगिन् । ब्युरोमा आफू पीडित भएको दाबीसहित निवेदन दिइन् ।
प्रहरीले पीडितको निवेदनको आधारमा पीडकलाई खोज्यो । निवेदकको उजुरीलाई प्राविधिक रुपमा अनुसन्धान गरेपछि पीडकको पहिचान खुलेको ब्युरोले जनाएको छ छ ।
कञ्चनपुर दोधारा चाँदनी नगरपालिका ४ का विनोद सुनार रहेको ब्युरोले जनाएको छ । उनलाई कञ्चनपुर प्रहरीको सहयोगमा ३० गते कञ्चनपुरबाट पक्राउ गरिएको हो ।
१८ वर्षीय सुनारलाई जिल्ला अदालत काठमाडौँबाट विद्युतीय कारोबार ऐन, २०६३ अपराध अन्तर्गतको कसुरमा अनुमति लिएर पक्राउ गरिएको हो । अदालतबाट ५ दिनका लागि म्याद थप गरि अनुसन्धान गरिरहेको ब्युरोले प्रस्ट पारेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया