समाज

यातायात कार्यालयबाट बिचौलिया पक्राउ

इकागज |
जेठ ३२, २०८० बिहीबार २१:२५ बजे

जनकपुरधाम- जनकपुरधाम यातायात व्यवस्था कार्यालयबाट प्रहरीले एक जना बिचौलियालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ बस्ने २६ वर्षीय सुवासकुमार राउत रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 


बिहीबार दिउँसो गोप्य सूचनाका आधारमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ स्थित यातायात कार्यालयबाट स्थानीय सुवासलाई बिचौलियाको काम गरिरहेको आरोपमा जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले नियन्त्रणमा लिएको जिप्रका धनुषाका प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए । 

पक्राउ परेका राउतलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको उनले बताए ।


Author

थप समाचार
x