समाज

तिनाउमा डुबेर युवकको मृत्यु

इकागज |
असार २, २०८० शनिबार १८:५१ बजे

बुटवल- ​तिनाउ नदीमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–३ मा पर्ने तिनाउ खोलाको विद्युत् ड्याममा डुबेर गुल्मीको सत्यवती गाउँपालिका–७ घर भएका १८ वर्षीय अभिषेक परियारको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।


अभिषेक रूपन्देहीको तिलोत्तमा–३ ड्राइभर टोलमा कोठा भाडामा लिएर बस्दै आएका थिए । शनिबार दिउँसो पौडी खेल्न भन्दै तिनाउ खोलाको ड्याममा गएका परियार अचानक खोलामा डुबेर बेपत्ता भएका थिए ।

परियारलाई दोभान प्रहरी चौकीका प्रहरीले उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी वीरेन्द्र थापाले बताए ।


Author

थप समाचार
x