हत्या गर्ने धम्की दिई मेडिकल व्यवसायीलाई ३० करोड फिरौती माग गरेपछि
काठमाडौँ- मेडिकल व्यवसायीलाई हत्या गर्ने धम्की दिई ३० करोड रुपैयाँ फिरौती माग गरेको अभियोगमा खोटाङ राहबेशी गाउँपालिका-१ राहबेशी घर भई काठमाडौँ महानगरपालिका-४ चुनदेबी बस्ने ४० वर्षीय रमेशकुमार गुरूङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
प्रवेश लामाको नामबाट फोन गरी हत्या गर्नका लागि योजना बनि सकेको र सुरक्षित हुन चाहनु हुन्छ रकम दिनुपर्ने भन्दै मेडिकल व्यवसायीलाई असार १३ गतेदेखि पटक पटक एसएमएस समेत गरी उक्त रकम माग गरेकोमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महाराजगंजबाट फिरौती रकम लिन आएको अवस्थामा पक्राउ गरेको हो ।
उनलाई अपहरण तथा शरीर बन्धक उद्योग मुद्दामा थप अनुसन्धान एवम् कारबाहीका लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया