समाज

आज पनि देशका धेरै ठाउँमा वर्षा

इकागज |
जेठ ६, २०७८ बिहीबार ८:८ बजे

फाइल फोटो

काठमाडौँ : आज पनि देशका धेरै ठाउँमा वर्षा भइरहेको छ । रातीदेखि नै काठमाडौँ उपत्यकासहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै ठाउँमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार भारतमा आएको ताउते आँधी, न्युनचापीय क्षेत्र र पश्चिमी वायुको प्रभावले बुधबारदेखि नै वर्षा भइरहेको हो । सुदूरपश्चिमका एक दुई ठाँउमा भारी वर्षाको सम्भावना समेत रहेको महाशाखाकी मौसमविद सजिना शाक्यले जानकारी दिइन् । पूर्वका केही ठाउँमा पनि वर्षा हुनेछ ।


उनका अनुसार धेरै ठाउँमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ । हिमाली जिल्लामा भने हिमपात हुनेछ । भोलि पनि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद शाक्यले बताइन् । 


Author

थप समाचार
x