बाजेले कुटपिट गर्दा बैतडीमा नातिको मृत्यु
कैलाली । बैतडीमा बाजेले कुटपिट गर्दा एक नातिको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। बैतडीमा हजुरबुवाको कुटपिटबाट गम्भीर घाइते भएका २ वर्षीय रेशम साउदको उपचारका क्रममा मृत्यु भएको छ। जपुर्चौडी नगरपालिका–६ मुडेलीधारमा ५० वर्षीय गणेश साउदले उनलाई कुटपिट गरेका थिए।
कुटपिटबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ। अर्का नाति ८ वर्षीय रिजन साउद भने गम्भिर घाइते भएका छन्। अहिले उनको धनगढीस्थित नवजीवन अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको जनाइएको छ।
बिहीबार हेरचाह गर्न हजुरबुवाको जिम्मा लगाएर बालकका आमा र हजुरआमा घाँस काट्न गएको बेला उक्त घटना भएको प्रहरीले जनाएको छ।
कुटपिट गर्नुको कारण भने खुलेको छैन। कुटपिट गर्ने गणेश साउदलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया