समाज

मनमोहनमा कार्यरत एक कर्मचारी मृत फेला

इकागज |
असार २९, २०८० शुक्रबार १७:१९ बजे

काठमाडौँ- महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरको फार्मेसीमा कार्यरत एक कर्मचारी मृत फेला परेका छन् । अर्घाखाँचीका ३६ वर्षीय अमृत पोखरेल फार्मेसी स्टोरमा झुन्डिएको अवस्थामा भेटिएका काठमाडौँ प्रहरी वृत्त महाराजगन्जले जनाएको छ।

शुक्रबार बिहान नोटसहित फार्मेसी स्टोरमा उनको शव भेटिएको महाराजगन्ज प्रहरीले जनाएको हो । उनी पहिले फार्मेसीमा इन्चार्जका रूपमा कार्यरत रहेको र अहिले प्रशासनमा तानिएको अस्पताल प्रशासनले जनाएको छ ।


नोटमा उनले डा. भगवान कोइराला, सेन्टरका निर्देशक र अन्य सहकर्मीसँग माफी मागेका छन् । त्यस्तै नोटमा परिवारका सदस्यका नाममा 'लभ यू', 'लभ यू' लेखिएको पनि प्रहरीले जनाएको छ।


Author

थप समाचार
x