राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा शुक्रबार पनि प्रदर्शन
काठमाडौँ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा शुक्रबार पनि प्रदर्शन भएको छ ।
घोराही उपमहानगरपालिका–३ का ११ वर्षीय आक्रोश नेपालीको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै बिहीबारदेखि सुरु भएको नाराबाजीसहितको प्रदर्शन शुक्रबार पनि भएको हो । विरोध प्रदर्शनका कारण अस्पतालको उपचार सेवा प्रभावित बनेको छ ।
आन्दोलन चर्किँदै गएपछि प्रतिष्ठान परिसरमा शुक्रबार पनि बिहानैदेखि प्रहरी परिचालन गरिएको थियो । बालकको मृत्युबारे सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको माग पीडित पक्षले गर्दै आएको छ । पीडित पक्ष र अस्पताल प्रशासनबीच बिहीबार वार्ता भए पनि सहमति हुन सकेको थिएन ।
शुक्रबार बिहान ८ बजेदेखि पुनः वार्ता गर्ने सहमति भए पनि पीडित पक्षको माग सम्बोधन नहुने देखेपछि उनीहरूले बिहानैदेखि आन्दोलनलाई निरन्तरता दिएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया