नगरपालिकाका कर्मचारी लागूऔषधसहित पक्राउ
काठमाडौँ- कञ्चनपुरको पुनर्वास नगरपालिकाका एक कर्मचारी लागूऔषधसहित पक्राउ परेका छन् । शुक्रबार पुनर्वास नगरपालिकाका कर्मचारी र अन्य दुई जना लागूऔषधसहित पक्राउ परेका हुन् ।
पुनर्वास नगरपालिका- १० नम्बर वडा कार्यालयका प्राविधिक सहायक कृष्ण बडूसहित असिम थापा पक्राउ परेका छन् । नगर प्रमुख तोयप्रसाद शर्माले पुनर्वास नगरपालिका-६ को एक निर्माणाधीन घरबाट उनीहरूलाई पक्राउ गरिएको बताए ।
कर्मचारी बडू र अर्का युवकको साथबाट पाँच सय ४१ मिलिग्राम लागूऔषध खैरो हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।
शुक्रबार कार्यालय नगएका ती कर्मचारी लागूऔषधसहित पक्राउ परेका हुन् । पुनर्वास कर्मचारी स्रोतका अनुसार सहायक वडासचिव समेत रहेका बडू करारका कर्मचारी हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया