पूर्वमेयर शाक्यले गरे कृष्ण मन्दिरको उद्घाटन
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यले कृष्ण मन्दिरको उद्घाटन गरेका छन् । पूर्वमेयर शाक्यले जैसीदेवलमा चोकमा रहेको सो मन्दिर शनिबार उद्घाटन गरेका हुन् ।
आफ्नो कार्यकालमा सो मन्दिर पुनः निर्माणका लागि बजेट विनियोजन गरेका थिए । जीर्ण अवस्थाको मन्दिर मल्लकालीन मन्दिरलाई सोही शैलीमा निर्माण गरिएको मन्दिर पुनः निर्माण उपभोक्ता समितिका अध्यक्ष राजेश प्रजापतिले जानकारी दिए ।
उनका अनुसार यो मन्दिर २०७२ सालको महाभूकम्पमा पनि केही भएको थिएन । तर, संरचना जीर्ण अवस्थामा थियो ।
काठमाडौँको केन्द्रमा रहेको उक्त मन्दिर जीर्ण बन्दै गएपछि राजेश प्रजापतिले महानगरमा बजेट पहल गरेका थिए । तत्कालीन मेयर शाक्यले उक्त मन्दिर निर्माणका लागि ५३ लाख ३० हजार २४६ रुपैयाँ बजेट विनियोजन गरेका थिए । सहभागिताबाट २ लाख ६६ हजार ५१२ गरी जम्मा ५५ लाख ९६ हजार ७५८ हजार टोटल लागतमा उक्त मन्दिर निर्माण भएको हो ।
मन्दिर निर्माणपछि विभिन्न भक्तजनहरूले समेत आर्थिक सहयोग गरेका छन् । ४८ जनाभन्दा बढी मानिसले स्वैच्छिक रूपमा मन्दिर निर्माण तथा व्यवस्थापनमा सहयोग गरेका छन् । भक्तजनले गरेको सहयोगका आधारमा मन्दिरमा सरकारी स्टमेटभन्दा धेरै काम गर्न सकेको उपभोक्ता समितिको दाबी छ ।
मन्दिर निर्माण मौलिक शैलीमा गरेको समितिको दाबी छ । मन्दिरको छाना वटरप्रुफ हालिएको छ । इटाहरू पनि मौलिक शैलीकै हालिएको छ । झ्याल ढोकालगायत मन्दिर निर्माणमा प्रयोग भएका सबै सामग्री मौलिक शैलीको भएको समितिको दाबी छ ।
शनिबार उक्त मन्दिरमा पूजा गरेर मन्दिर उद्घाटन गरिएको हो । मन्दिरको उद्घाटन महानगरका पूर्वमेयर शाक्यले गरेका थिए । कार्यक्रममा पूर्वसांसद, वडाअध्यक्ष, काठमाडौँ महानगरपालिकाका प्रवक्तालगायत उपस्थित रहेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया