समाज

दाङमा जंगली च्याउ खाँदा दुई जना बिरामी

इकागज |
असार ३०, २०८० शनिबार १७:१ बजे

दाङ- दाङमा जंगली च्याउ खाँदा दुई जना बिरामी परेका छन् ।

शुक्रबार जंगलमा भेटाएको च्याउ पकाएर खाँदा बंगलाचुली गाउँपालिका-१ स्युजाका ३८ वर्षीया यमाकुमारी कवर वली र उनका १२ वर्षीय छोरा यकिन वली बिरामी परेका हुन् ।


खाना खाएसँगै पेट दुख्न थालेपछि दुवैलाई प्राथमिक स्वास्थ्य केन्द्र स्युजामा लगिएको थियो । पछि थप उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको बंगलाचुली गाउँपालिका-१ वडाध्यक्षका विष्णु कुवँरले जानकारी दिए ।

दुवै बिरामीको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।


Author

थप समाचार
x