समाज

डोलेश्वरमा धार्मिक पर्यटक बढेसँगै बढ्यो मन्दिरको आम्दानी पनि

इकागज |
असार ३०, २०८० शनिबार १७:४८ बजे

काठमाडौँ- साउने सोमबारको मेलालाई मध्यनजर गरी भक्तपुरको डोलेश्वर मन्दिरमा तयारी तीब्र पारिएको छ । डोलेश्वर संरक्षण समितिको तर्फबाट साउने मेलालाई लक्षित गरी तयारी अन्तिम चरणमा पुर्याइएको हो ।

मेलामा आउने पर्यटक र भक्तजनहरूलाई चाँडो दर्शन गर्ने व्यवस्था मिलाउन समितिको तर्फबाट काम अन्तिम चरणमा पुर्याइएको संरक्षण समितिका अध्यक्ष धर्मराज बस्नेतले बताए । उनले साउने मेलाको पूर्वसन्ध्यामा रहेकाले साउन १ गते सोमबारको मेलाका लागि सबै तयारी लगभग सकिएको र भक्तजनहरूले डोलेश्वर महादेवको दर्शन गरेर जानसक्ने व्यवस्था मिलाइएको बताए ।


उनले डोलेश्वर महादेव केदारनाथको शिर भएकाले पनि पछिल्लो समय भारतीय र विश्वमा रहेका हिन्दु भक्तजनहरू उल्लेख्य आउन थालेको उल्लेख गरे । उनका अनुसार पर्यटकीय गन्तव्यस्थल भएकाले पनि डोलेश्वर घुम्न आउनेको संख्या पछिल्लो समय बढेको बताए । उनले पर्यटको वृद्धिसँगै सुर्यविनायक नगरपालिका वडा नम्बर ८ को आर्थिक आय आर्जनमा समेत उल्लेख्य सहयोग पुगेको बताए ।

अध्यक्ष बस्नेतले मन्दिरमा पछिल्लो केही महिना यता मासिक डेढ लाखसम्मको भेटी, दक्षिण र दान प्राप्त हुने गरेको बताए ।


Author

थप समाचार
x