जंगली विषालु च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु
बुटवल- जंगली विषालु च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
लुंग्री गाउँपालिका-५ काला पोखरा घर भएका ३३ वर्षीया भीमा गुरुङ, उनका ११ वर्षका छोरा सुशील गुरुङ र ६ वर्षका छोरा प्रेम गुरुङ जंगली च्याउ खाँदा बिरामी परेका थिए ।
जंगली च्याउ खाई बिरामी परेपछि २८ असारमै उनीहरूलाई उपचारका लागि सुलिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो भने त्यहाँ उपचार सम्भव नभएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएको थियो ।
उनीहरू तीनै जनाको बुटवलमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया