ऐन जारी भएपछि विरोधमा उत्रिए चन्द्रागिरीका उपभोक्ता समिति
काठमाडौँ- काठमाडौँको चन्द्रागिरी नगरपालिकाले चन्द्रागिरी खानेपानी तथा सरसफाइ व्यवस्थापन ऐन–२०८० जारी गरेपछि उपभोक्ता समितिहरू विरोधमा उत्रिएका छन् । नगरपालिकाले सो ऐन जारी गर्दा खानेपानी उपभोक्ता समितिहरूसँग सहकार्य नगरी एकलौटी ल्याएको भन्दै समितिहरूले असन्तुष्टि जनाएका हुन् ।
उपभोक्ता समितिका पदाधिकारीले सोमबार पत्रकार सम्मेलन गर्दै नगरपालिकाले उपभोक्ता समितिजस्तो स्वायत्त संस्थाको सम्पत्ति र अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् । खानेपानी उपभोक्ता तथा सरसफाइ उपभोक्ता महासंघका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालले यसअघि चलिआएको सिस्टममा पालिकाले धावा बोलेको बताए ।
नगरपालिकाले ऐन जारी गर्दा कुनै पनि उपभोक्ता समितिहरूसँग छलफल नगरेको, जनताले आफ्नो स्वैच्छिक तरिकाले अनुदान, महसुल तिरेको पुँजी र चल अचल सम्पत्तिलाई नियन्त्रण गर्न खोजेको समितिहरूको भनाइ छ । नगरपालिकाले जारी गरेको ऐन लागू भएपछि उपभोक्ता समिति स्वतः निष्क्रिय हुने नयाँ ऐनमा व्यवस्था गरिएको छ ।
ऐन नसच्चिए आफूहरू स्थानीय सरकारविरुद्ध आन्दोलनमा उत्रिने उनीहरूको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया