राष्ट्रिय आविष्कार केन्द्रलाई ट्राफिकद्वारा १० थान मोटरसाइकल सहयोग
काठमाडौँ- राष्ट्रिय आविष्कार केन्द्रलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले १० वटा मोटरसाइकल हस्तान्तरण गरेको छ ।
एक कार्यक्रम गरी केन्द्रका अधिकारीलाई ट्राफिक कार्यालयका एसपी सन्तोष आचार्यले चाबीसहित आवश्यक कागजपत्रसहित वितरण गरेका हुन् ।
राष्ट्रिय आविष्कार केन्द्रलाई ट्राफिक कार्यालयमा रहेका मोटरसाइकल वितरण गरिएको एसपी आचार्यले जानकारी दिए । उनका अनुसार बजाज कम्पनीको १८० सीसीको २ वटा र बाँकी १२५ सीसीको मोटरसाइकल छन् ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले दुई वटा मोटरसाइकल तत्काल प्रयोगमा ल्याइने जानकारी दिए । ‘आठ वटा मोटरसाइकल विद्युतीय मोटरसाइकलमा रुपान्तरण गर्नलाई परीक्षण गरिनेछ,’ उनले भने ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया