समाज

जंगली च्याउ खाँदा रोल्पामा एकको मृत्यु, तीनजना बिरामी

इकागज |
साउन २, २०८० मंगलबार १८:४४ बजे

काठमाडौँ- रोल्पामा जंगली च्याउ खाएर एक जनाको मृत्यु भएको छ । रोल्पाको लुङ्ग्री गाउँपालिका-५ बुझिङकी रोशनी विकको उपचारका क्रममा मृत्यु भएको हो ।

उनको मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।


गत असार २६ गते जंगली च्याउ खाँदा बुझिङका २६ वर्षीया बिमला विक, सात वर्षीया रोशनी विक, २४ वर्षीया दिलमाया विक, ६ वर्षीया आकृति विक र २३ वर्षीया ऋतु विक बिरामी भएका थिए ।

बिरामी भएपछि उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर रोल्पामा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी सिटी हस्पिटल बुटवल रिफर गरिएको थियो ।


Author

थप समाचार
x