सुन प्रकरणमा संलग्न ६ जनालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
काठमाडौँ- सुन प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जनालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले अनुमति दिएको छ ।
बिहीबार सुन प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेकालाई राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटन हाजिर गराएको थियो । सो क्रममा उच्च अदालत पाटनले पक्राउ परेका ६ जनालाई नै १० दिन थुनामा राख्न विभागलाई अनुमति दिएको हो ।
सुन तस्करी काण्डमा संलग्न एक जना चिनियाँ नागरिकलाई बिहीबार नै त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको थियो भने अन्य व्यक्तिलाई बुधबार साँझ र बिहीबार बिहान विभागले पक्राउ गरेको थियो ।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको करिब सय किलो सुन विभागको टोलीले बरामद गरेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया