बालुवाटारस्थित एक चिनियाँ व्यापारीको गोदाममा छापा
काठमाडौँ- राजश्व अनुसन्धान विभागको टोलीले बालुवाटारस्थित चिनियाँ व्यापारीको गोदाममा छापा मारेको छ । त्रिभुवन विमानस्थलबाट भन्सार पास भएर बाहिरिन लागेको एक सय किलोभन्दा बढी सुन विभागको टोलीले नियन्त्रणमा लिएको थियो ।
ट्याक्सीमा बाहिर सुन लैजान लागेको अवस्थामा ट्याक्सी चालकसहित विभागको टोलीले नियन्त्रणमा लिएको हो । ट्याक्सी चालकले आफूले बालुवाटारको उक्त लोकेसनमा सुन लैजान भनिएको भन्ने बयान दिएको आधारमा उक्त घरमा छापा मारिएको हो ।
विभागको टोलीले छापा मार्ने क्रममा ६ वटा ठूला बाकस फेला परेको बताइएको छ । उक्त बाकसमा सुन भएको वा नभएको भन्ने यकिन भने भएको छैन ।
उक्त प्रकरणमा अहिलेसम्म छ जना पक्राउ परेका छन् । पक्राउ परेका छ जनालाई १० दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न उच्च अदालत पाटनले अनुमति दिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया