समाज

नेपाल प्रहरीले आफ्नो अध्ययन र बुझाइको दायरा वृहत् बनाउन जरुरी छ : प्रहरी महानिरीक्षक कुँवर

इकागज |
साउन ५, २०८० शुक्रबार १७:४० बजे

काठमाडाैँ– प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले परिवर्तित सन्दर्भमा नेपाल प्रहरीले आफ्नो अध्ययन र बुझाइको दायरालाई वृहत् बनाउन जरुरी रहेको जिकिर गरेका छन् । 

सुरक्षाजस्तो संवेदनशील क्षेत्रमा काम गर्नुपर्ने भएकाले नेपाल प्रहरीले कानुन, समाज र परिवर्तनका नियमहरूलाई बुझ्नका लागि पनि आफ्नो अध्ययन र बुझाइको दायरालाई वृहत् बनाउनुपर्ने आवश्यकता रहेको महानिरीक्षक कुँवरकाे तर्क थियो ।


शुक्रबार काठमाडौँमा वरिष्ठ प्रहरी उपरीक्षक डा. मनोजकुमार केसीद्वारा लिखित पुस्तक ‘इन्ह्यान्सिङ पोलिसिङ इन नेपालः अ ह्यूमन सेक्युरिटी इन्फम्ड एप्रोज, कन्सेप्ट एन्ड इम्पिलीकेशन’को विमोचन कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले अबको जमानामा लट्ठी, बन्दुक बोकेर गरिने ड्युटीबाट मात्र नेपाल प्रहरीले जस पाउन नसक्ने स्पष्ट पारेका छन् ।

उनले द्वन्द्वपछिको संक्रमणकालीन समयमा हुने सुरक्षा समस्या र त्यसको समाधानका लागि वरिष्ठ प्रहरी उपरीक्षक केसीद्वारा लिखित सो पुस्तक उपयोगी हुने विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा पुस्तकका लेखक वरिष्ठ प्रहरी उपरीक्षक केसीले पुस्तक प्रहरी अनुसन्धानको कामलाई थप प्रभावकारी बनाउन सहयोगी हुने धारणा राखेका थिए ।


Author

थप समाचार
x