समाज

सुन तस्करी प्रकरण : एक्स-रे मेसिन हेर्ने नायब सुब्बा श्रेष्ठ निलम्बित

इकागज |
साउन ६, २०८० शनिबार १२:१ बजे

काठमाडौँ- त्रिभुवन विमानस्थल कार्यालयका नायब सुब्बा सरोज श्रेष्ठ निलम्बित भएका छन् । करिब एक क्विन्टल सुन तस्करी भएपछि एक्स-रे मेसिन हेर्ने श्रेष्ठलाई भन्सार विभागले निलम्बित गरेको हो ।

श्रेष्ठ निलम्बित भएसँगै निलम्बित हुनेको संख्या तीन पुगेको छ । यसअघि भन्सार जाँचपास अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकाल पनि निलम्बन भइसकेका छन् ।



Author

थप समाचार
x