लघुवित्त पीडितद्वारा राष्ट्र बैंक घेराउ
काठमाडौँ- विभिन्न माग राख्दै आन्दोलनरत लघुवित्तीय संस्था विरुद्धको संघर्ष समितिले शनिबार राष्ट्र बैंक घेराउ गरेको छ । लघुवित्तीय संस्थाहरू खारेज गर्नुपर्ने लगायतका माग राख्दै समितिले काठमाडौँको बालुवाटारस्थित राष्ट्र बैंक घेराउ गरेका हुन् ।
आफूहरूलाई लघुवित्तीय संस्थाहरूले ज्यादती गरेको उनीहरूको आरोप छ । उनीहरूले सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानहरूलाई नि:शुल्क ऋण प्रदान गर्नुपर्ने लगायतका ५ बुँदे माग अघि सारेका छन् । संघर्ष समितिले आफूहरूको मागका विषयमा राष्ट्र बैंक पनि गम्भीर बन्नुपर्ने जनाएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया