आयोजना निर्माणको बक्यौता रकम भुक्तानी गर्न सरकारसँग माग
कैलाली । निर्माण व्यवसायीहरुले विभिन्न आयोजना निर्माणको बक्यौता रकम भुक्तानी गर्न सरकारसँग माग गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समितिले मंगलबार प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र कैलाली प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् ।
मुख्यमन्त्री शाह र प्रजिअ कट्टेललाई प्रदेशका अध्यक्ष लक्ष्मण स्वाँर र कैलालीका अध्यक्ष टेकबहादुर मल्लले ज्ञापनपत्र बुझाएका हुन् । निर्माण व्यवसायीलाई समयमै भुक्तानी गर्न, ठेक्काको म्याद थप गर्न र मूल्यवृद्धि फ्रिज नगर्न सो ज्ञापनपत्रमा उल्लेख छ ।
चुनाव र सरकार परिवर्तन लगायतका कारण गतवर्ष निर्माण व्यवसायीहरुले भुक्तानी पाउन नसकेकाले निर्माण कम भएको अध्यक्ष स्वाँरले बताए ।
निर्माणको भुक्तानी ७० अर्बभन्दा बढी रहेको भए पनि यसबारेमा बारम्बार सरकारलाई जानकारी गराउँदा सरकार उदासीन बनेको आरोप निर्माण व्यवसायीको छ ।
सरकारको अर्थ मन्त्रालयमा विभिन्न विकासे मन्त्रालयहरुले पठाएको १० अर्बभन्दा बढी उठिसकेको बिलको भुक्तानी भइसकेको छैन । यस्तै देशभर ५० अर्बको रनिङ अथवा चलिरहेको निर्माण कार्यको काम गर्ने अवधि सकिएकाले थप समयको माग गरिएको छ । सरकारले थप समय नदिँदा निर्माण कार्यमा ढिलासुस्ती भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया