बैंक लुटेको दुई महिनापछि एक भारतीय पक्राउ
महोत्तरी । महोत्तरीस्थित एनमवी बैंकको साखामा दिनदहाडै चोरी गर्ने एक जनालाई प्रहरीले झण्डै २ महिनापछि पक्राउ गरेको छ । १६ जेठमा महोत्तरी गाउँपालिका रहेको उक्त बैंकमा लाखौं पैसा चोरी गरेर फरार भएका मध्येका एक जना भारतीयलाइ प्रहरीले पक्राउ गरेको हो ।
विहार प्रदेश अन्तर्गत मधुवनी जिल्लाका अजय कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । झण्डै ४,५ जनाको समूहमा आएका नकावधारी समूहले २ जेठको दिउँसो ११ बजे लगभग ५१ लाख रुपैयाँ सहित कर्मचारीको मोबाइल समेत लुटेर फरार भएका थिए ।
त्यसयता विभिन्न माध्यमवाट अनुसन्धान गरिरहेको प्रहरीले पक्राउ गर्न ढिला भएपछि निक्कै आलोचना समेत खेप्नुपर्यो ।
पक्राउ परेका उनलाई मुकुकी अपराध संहिता २०७४ अन्तर्गत हातहतियार र चोरी सिर्षकमा मुद्दा दर्ता गरेर थप अनुसन्धान भैइरहेको प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया