समाज

हर्क साम्पाङलाई व्यक्तिको जग्गामा वृक्षरोपण नगर्न आदेश

इकागज |
साउन ११, २०८० बिहीबार १९:४९ बजे

फाइल तस्बिर

काठमाडौँ-  उच्च अदालत विराटनगरले सर्दु जलाधार क्षेत्रमा रहेको व्यक्तिको जग्गामा वृक्षरोपण नगर्न धरान उपमहानगरपालिकालाई अन्तरिम आदेश दिएको छ । 

धरान-४ की रोजिना अधिकारीले दायर गरेको रिटमा न्यायाधीश मिलनकुमार राईको इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म व्यक्तिको नाममा रहेको जग्गामा अनधिकृत रूपमा प्रवेश गर्ने, विरुवा रोप्नेजस्ता काम नगर्न आदेश दिएको हो ।


'प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकको नाम दर्ताको कि.नं. ४२१ र ३४५ को जग्गामा अनधिकृत रूपमा प्रवेश गर्ने, वृक्षारोपण गर्ने गराउने कार्य नगर्नू नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी गरिदिएको छ । आदेशको जानकारी विपक्षीहरूलाई दिई नियमानुसार पेस गर्नू,' आदेशमा भनिएको छ । 

साथै अदालतले उपमहानगरलाई रिट निवेदकको मागबमोजिमको आदेश जारी नहुनुपर्ने कुनै आधार, कारण र प्रमाण भए १५ दिनभित्र लिखित रूपमा जवाफ पेस गर्न भनेको छ।


Author

थप समाचार
x