समाज

मकवानपुरमा लागूऔषध र अवैध कपडासहित तीनजना नियन्त्रणमा

इकागज |
साउन ११, २०८० बिहीबार २१:१५ बजे

मकवानपुर- मकवानपुर प्रहरीले लागूऔषध र अवैध कपडासहित तीन जनालाई नियन्त्रणमा लिएकाे छ । लागूऔषध ओरेनेक्स १ सय एमएल १४ बाेतलसहित हेटौंडा-१५ बाट एक जना र गाँजा ५ किलो ३ सय ग्रामसहित हेटौंडा-१० टिसियनबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे जनाएकाे छ । यस्तै अवैध कपडासहित हेटौंडा-१५ राताेमाटेबाट एक जनालाई नियन्त्रणमा लिइएकाे छ ।

असार १० गते प्रहरी चौकी रातोमाटेबाट हेटौंडा पथलैयासडक खण्डमा सवारी साधन जाँच गर्ने क्रममा बिरगंजबाट हेटौंडा तर्फ आउँदै गरेको ना ५ ख ०५५३ नं. तेल ट्याङ्करकाे क्याबिनबाट ओरेनेक्स १ सय एमएल १४ बाेतल बरामद गरिएकाे हाे । ट्याङ्कर चालक हेटौंडा १ का ४९ वर्षीय शंकर अधिकारीलाई उक्त लागूऔषध र ट्याङकरसहित नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।


यसैगरी प्रहरी चौकी रातोमाटेबाट खटिएकाे प्रहरी ना ५ ख ०५५३ नं. तेल ट्याङकरमा सवार निजगढ नगरपालिका-५ बारा का ३२ वर्षीय महिलाले भन्सार छली ल्याएको कपडा नियन्त्रणमा लिइएकाे मकवानपुर प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । १ लाख ४३ हजार ७ सय रुपैयाँ मूल्य बराबर सर्टको थानको कपडा र कुर्था सुरुवाल बिल बिजक नभएको अवस्थामा फेला परेकाेले उक्त महिलालाई कपडासहित नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।

यस्तै असार ११ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुर-१० स्थित टिसियन रोडबाट लागूऔषध ५ केजी ३ सय ग्राम गाँजासहित गाेरखा बारपाक सुलिकोट ४ का ३२ वर्षीय आशिष गुरुङलाई नियन्त्रणमा लिएकाे छ । सडकमा हिँडिहेका गुरुङलाई शंका लागि रितपूर्व जाँच तथा खानतलासी गर्दा गुरुङले बाेकेकाे झोलामा उक्त परिमाणमा लागूऔषध गाँजा फेला परेकाे प्रहरीले जनाएकाे छ ।

अवैध कपडासहित नियन्त्रणमा लिइएकाे महिलालाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको कार्कीले बताए । यस्तै लागूऔषधसहित नियन्त्रणमा लिइएकाे ट्याङ्कर, ट्याङ्कर चालक अधिकारी र गुरुङमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।


Author

थप समाचार
x