करेन्ट लागेर सप्तरीमा एक जनाको मृत्यु
सप्तरी- करेन्ट लागेर सप्तरीमा एक जनाको ज्यान गएको छ । गए राति करेन्ट लागेर अग्निसाइर कृष्णसावरण गाउँपालिका–४ बनौली बस्ने २५ वर्षीय मुकेशकुमार यादवको ज्यान गएको प्रहरीले जनाएको छ ।
खेतमा सिँचाइका लागि पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेका यादवलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज लगिएको थियो । यादवको उपचारमा क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेशकुमार सिंहले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया