समाज

डडेल्धुरामा शव बाेकेको एम्बुलेन्स दुर्घटना

इकागज |
साउन १३, २०८० शनिबार १७:५८ बजे

धनगढी- कैलालीको धनगढीमा अवस्थित सीपी अस्पतालको एम्बुलेन्स ब्रेक फेल भएर दुर्घटनामा परेको छ ।

अत्तरियाबाट शव बोकेर गइरहेको से १ च १२२८ नम्बरको एम्बुलेन्स डडेल्धुरास्थित केआइ सिंह राजमार्गको राइको मोडमा दुर्घटनामा परेको हो ।


एम्बुलेन्समा शवसहित ६ जना सवार थिए । चालक अर्जुन बोहरालगायत सबै जना सकुशल रहेको प्रहरीले जनाएको छ । ब्रेक फेल हुँदा एम्बुलेन्स सडकबाट १० मिटर तल खसेको थियो ।
 


Author

थप समाचार
x