अधिवक्ता भगवती पाण्डेलाई तत्काल पक्राउ नगरे आन्दोलन गर्ने तामाङ घेदुङको चेतावनी
फाइल फोटो
काठमाडौँ - नेपाल तामाङ घेदुङले विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’लाई तत्काल पक्राउ नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तामाङ घेदुङले पाण्डेको अभिव्यक्तिले नेपालको बहुजातीय, बहुधार्मिक र बहुसांस्कृति समाजको सांस्कृतिक सहिष्णुतामाथि खलल पुग्न गएको भन्दै तत्काल पक्राउ नगरे आन्दोलन गर्ने चेतावनी दिएको हो ।
पाण्डेको अभिव्यक्ति आफैमा गैरजिम्मेवारपूर्ण तथा शान्तिपूर्वक चलिरहेको सामाजिक मान्यता तथा सामाजिक सद्भावमा खलल पुराउने किसिमको रहेको घेदुङको भनाइ छ । पाण्डे विरुद्ध प्रहरीमा जाहेरी दरखास्त दिएकोमा अहिलेसम्म पक्राउ नगरिएकोमा मर्माहत तुलाएको भन्दै तत्काल पक्राउ नगरे आन्दोलन गर्ने नेपाल तामाङ घेदुङका महासचिव काजिमान थिङ तामाङले बताए ।
तामाङ घेदुङले भगवती पाण्डेको अभिव्यक्तिबाट सिर्जित घटनाक्रम नितान्त निज व्यक्ति र उसको अभिव्यक्तिसंग सम्बन्धीत भएकाले कुनै जाति, समुदाय, लिङ्ग र वर्ग लक्षित नभएको स्पष्ट पारेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया