अधिवक्ता भगवती पाण्डेलाई पक्राउ नगरे आन्दोलन थाल्ने मगर संघकाे चेतावनी
काठमाडौँ- नेपाल मगर संघले अधिवक्ता भगवती पाण्डे(शितल) लाई पक्राउ नगरे आन्दोलन थाल्ने चेतावनी दिएको छ ।
संघले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै तामाङ, मगर लगायत आदिवासी समुदायविरोधी अभिव्यक्तिपछि मगर समुदायले जाहेरी दिइसकेको अवस्थामा पनि पक्राउ नगरिएको भन्दै आन्दोलन थाल्ने चेतावनी दिएको दिएको हो ।
पाण्डेलाई पक्राउ गर्न आनाकानी गरे दबाबका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ घेराउ गर्ने, देशैभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने र देशैभर प्रदर्शन गर्ने संघले जनाएको छ । संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगरले नेपाल बहुभाषिक, बहुसंस्कृतिक मुलुक भएकाले देशको विविधता अनुसार संविधान अनुसार चल्नुपर्ने बताए । उनले साउन ९ गते अधिवक्ता भगवती पाण्डेविरुद्ध जाहेरी दर्ता गरेर पक्राउ पुर्जी जारी गरेपनि पाण्डेलाई पक्राउ गर्न आनाकानी गरिरहेको उल्लेख गरे ।
पाण्डेको अभिव्यक्तिले नेपालको बहुजातीय, बहुधार्मिक र बहुसांस्कृति समाजको सांस्कृतिक सहिष्णुतामाथि खलल पुग्न गएको संघको निष्कर्ष छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया